बार्सिलोनाद्वारा सेभिया पराजित



मेड्रिड ।

स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाद्वारा सेभिया पराजित भएको छ । बार्सिलोनाले घरेलु मैदानमा सेभियालाई १–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाको महत्त्वपूर्ण जितमा दोस्रो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले ७२औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा बल पोसेसनमा पकड राख्दै पाहुना टोलीलाई दवाबमा राखेपनि बार्सिलोनाले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७२औं मिनेटमा पेड्रीले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए । यो जितसँगै बार्सिलोनाले २९ खेलबाट ५७ अंक जोडेको छ । बार्सिलोना अझै शीर्षस्थानको रियल मेड्रिडभन्दा १२ अंकले पछि छ । रियलको ६९ अंक छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्