चिरन र डायमन्ड फाइनलमा



काठमाडौं ।

गण्डकी प्रदेशका चिरन राई र बाग्मती प्रदेशका डायमन्ड राई मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको फुल कन्ट्याक्टतर्फ पुरुष ५५ केजीमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चिरनले बाग्मतीका विमल वाइबा तथा डायमन्डले बाग्मतीकै जेम्स अवाललाई पराजित गरे । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगिताको के– वान पुरुष ५५ केजीमा बाग्मतीका मनोज राना मगर फाइनलमा पुगे । सेमिफाइनलमा उनले गण्डकीका योमन मोक्तानलाई हराए । फाइनलमा योमनले बाग्मतीका तीर्थराज थापा र गण्डकीका अनुज कार्कीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

फुल कन्ट्याक्टको महिला ४५ केजीमा बाग्मतीकी दीक्षा कार्कीले सोही प्रदेशकी रेश्मा ब्लोनलाई पाखा लगाउदै बाग्मतीकै मिङमा डोल्मा लामासँग फाइनल भेट पक्का गरिन् । मिङमा वाइ पाउँदै फाइनलमा पुगेकी हुन् । के– वान पुरुष ६५ केजीमा बाग्मतीका सविर श्रेष्ठ, लजोन कार्की र डिकेन श्रेष्ठ तथा गण्डकीका सचिन लामा सेमिफाइनलमा पुग्न सफल भए ।

फुल कन्ट्याक्ट (के वान) को पुरुषमा ९ र महिलामा ५, स्कोरिङ फाइटको पुरुष/महिलामा समान ६ तथा लाइट कन्ट्याक्टको पुरुष/महिलामा समान ७ गरी जम्मा ४० स्पर्धामा भिडन्त भइरहेको । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्