सन्दीप र चिरञ्जीवि फाइनलमा



काठमाडौं ।

कञ्चनपुरका सन्दीप नाथ र बाजुराका चिरञ्जीवि खड्का गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् । सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे ।

यसैगरी, चिरञ्जीविले कैलालीका सुनील रानालाई हराउँदै सन्दीपसँगको भिडन्त पक्का गरे । पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्ट र कञ्चनपुरका रामबहादुर थापाले उपाधि भिडन्त पक्का गरे । रञ्जनले बाजुराका निर्मल सुवेदी र रामबहादुरले कैलालीका पाण्डव बडुलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषकै ६३ केजी तौल समूहमा बाजुराका नेत्रकुमार तिरुवाले अछामका जगदिश विक र कञ्चनपुरका महेन्द्रकुमार चन्दले कैलालीका कैलाश बोगटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषको ६९ केजीमा कैलालीका भरत चन्दले तपेन्द्र विकलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

यस्तै, ७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसी र कैलालीका बालाजी रावल फाइनलमा पुगे । भूपेन्द्रले कञ्चनपुरका मिलन लोहार र बालाजीले बाजुराका प्रकाश विकलाई पाखा लगाए । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टी र कैलालीकी ज्योति चौधरीले उपाधि भिडन्त पकका गरे ।

सोनियाले अछामकी रमिला सिंह र ज्योतिले बाजुराकी सुमित्रा रावललाई पराजित गरिन् । महिलाकै ५७ केजी तौल समूहमा कञ्चनपुरकी प्रतिमा शाहीले बाजुराकी प्रमिला विष्ट र कैलालीकी सञ्जिता चौधरीले अछामकी हरिना कार्कीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ वैशाख ६ देखि १० गतेसम्म काठमाडौंको वसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पा“च तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्