हय्या हय्या विश्वकपको गीत सार्वजनिक (भिडियोसहित)



लन्डन।

कतारमा हुने फिफा विश्वकपको आधिकारिक गीत सार्वजनिक गरिएको छ । आगामी नोभेम्बर २१ देखि शुरु हुने विश्वकपको गीतको बोल हय्या हय्या रहेको छ । त्रिनिदाद काडनान, डेभिडो र आयशाले कम्पोज गरेका हुन् । पहिलोपटक विश्वकपको गीतमा अरू गीतको पनि समिश्रण गरिएको छ ।

यस्तै, विश्वकपमा प्रयोग हुने आधिकारिक खेलको बल पनि जारी गरेको छ । यसको नाम अल रिहला राखिएको छ । अल रिहलाको अर्थ अरब भाषामा यात्रा हो । यसअघि सन् २०१८ मा भएको विश्वकपको आधिकारिक गीतलाई अमेरिकाका प्रसिद्ध डीजे र गीतकार डिप्लोले बनाएका थिए ।

उक्त गीतलाई स्वरबद्ध अमेरिकाकै लोकप्रिय गायक निन्की जेम र अल्बानियाकी गायिका ईरा इस्तरेफीले गरेका थिए । उक्त गीतमा ब्राजिलका पूर्वस्टार फुटबलर रोनाल्डिन्हो र हलिउड अभिनेता विल स्मिथ पनि थिए । यो गीत निकै लोकप्रिय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्