एकै दिन २ कभर्डहल उद्घाटन



हेटौंडा, (नेस) ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, पारिजात पथमा निर्माण भएको सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्डहल उद्घाटन गरिएको छ । १ करोड ४८ लाख लागतमा कभर्डहल, शौचालय र महिलाका लागि छुट्टै जिम क्लब निर्माण गरिएको हो ।

कभर्डहलमा महिलाका लागि जिम क्लब बनाउने तयारी छ । यसका लागि उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको छ । नयाँ भवनमा बाहिरी जिल्लाबाट आएका खेलाडीका लागि आवास कोठा निर्माणको काम जारी छ ।

कभर्डहलमा तेक्वान्दो, बक्सिङ, कराते, उसु, कबड्डी, जुडो, ब्याडमिन्टन, टेबलटेनिस लगायत खेल खेलाउन सकिने कबर्डहल निर्माण उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र ढकालले बताए । दर्शकका लागि सुविधासम्पन्न प्याराफिट निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्