नेपालले हरायो पपुवा न्युगिनीलाई



काठमाडौं ।

पपुवा न्युगिनीविरुद्धको वान डे सिरिज हारेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार सोही प्रतिद्वन्द्वी टिमलाई १५ रनले हराएको छ । नेपालले १ सय ८४ रन लक्ष्य दिएकोमा पपुवा न्युगिनी १ सय ६८ रनमा अलआउट भएको थियो । नेपाललाई जित दिलाउन कप्तान सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण रह्यो ।

‘प्लेयर अफ द म्याच’ घोषित सन्दीपले तीन महत्वपूर्ण विकेट लिएका थिए । उनले असाद भाला, सेसे बाउ र जेसन किलालाई आउट गरेर नेपालको जित सुनिश्चित गरेका थिए ।

यसअघि, त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १ सय ८३ रनको बलियो योगफल बनायो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । आरिफ शेखले ३१ रनको योगदान दिए भने रोहित पौडेलले ३४ र कुशल भुर्तेलले २० रन जोडेका थिए । नेपालले दोस्रो खेलमा भोलि मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्