बूढानीलकण्ठ च्याम्पियन



काठमाडौं ।

बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो । दक्षिणकालीले ५ स्वर्ण, १ रजत र २ कांस्य हात पार्यो ।

एकदिने प्रतियोगिताको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए । दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा भएको एकदिने प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडी सहभागी थिए । सान्डा र थाउलोमा गरी जम्मा ३४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता आयोजना गर्न दक्षिणकाली नगरपालिका र सोही नगरपालिकाको वडा ९ ले सहयोग गरेको आयोजकले जनाएको छ । समापनका अवसरमा ‘स्पार्क क्रु नृत्य प्रशिक्षण केन्द्र’का भाइ/बहिनीले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्