युवराज र अनुष्काको गीतमा मन छुने भिडियो



गायक गायिका युवराज चौलागाईं  र अनुष्का पाठकको स्वर रहेको छुटेपछि त छु्ट्यो छुट्यो बोलको गीत हालै म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायक चौलगाईंको युवराज चौलागाई युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा युवराजकै संगीत रहेको छ।

कर्णप्रिय गीतमा दीपिका रिमाल थापाको शब्द रचना रहेको छ। मायाप्रेममा भएको बिछोडको कथामा आधारित गीतमा गीतकारले मार्मिक शब्द चयन गरेकी छिन् भने म्युजिक भिडियोमा युवराजको साथमा मोडल अञ्जली अधिकारीको मन छुने अभिनयले भिडियोलाई कलात्मक बनाएको छ। सामाजिक सञ्जाल टिककटमा पनि उक्त गीतले लोकप्रियता कमाइरहेको छ।

भूषण दाहालले निर्देशन गरेको गीतको भिडियोमा कुमार कटुवालको छायांकन र पदम तिमिल्सिनाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्