चुनावका लागि सांस्कृतिक संघको गीत



स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार गर्न सो पार्टीको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले घर घर जाऔं र घर घर जाऔं कांग्रेस जिताऔं बोलका दुई गीत तयार पारेको छ।

घर घर जाऔं कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लेखेका छन् भने संगीत पनि उनैले तयार पारेका छन्। यो गीत राधिका हमाल, शशिविक्रम थापा, सुमित खड्का र कृष्णमान डंगोलले गाएका छन्। त्यसैगरी, अर्को गीत घर घर जाऔं काँग्रेस जिताऔंमा संघका अध्यक्ष तीर्थ थापाको शव्द रचना, संगीत र संगीत संयोजन शशिविक्रम थापाको रहेको छ।

शिवशंकर रिजाल (जोगिन्दर पानवाला) को उद्घोषण रहेको गीत राधिका हमाल पुन, शशिविक्रम थापा, विमलराज क्षत्री, मदन थापा, स्मृति शाही, जगदीश अधिकारी, विजय बुढामगर, कृष्ण पुन, विपिन घिमिरे, रीता केसी र सुजाता केसीले गाएका छन्।

प्रतिक्रिया दिनुहोस्