ल्यापटप बोकी अस्ट्रेलिया पढ्न जाने अवसर



काठमाडौं(नेस) ।

एक्सेस एजुकेसन नेटर्वकले यही आज आइतबारदेखि चैत १८ गतेसम्म एक्सेस अस्ट्रेलिया एडमिसन विकको आयोजना गर्दै छ । कार्यक्रममा अस्ट्रेलिया जान इच्छुक विद्यार्थीले आफ्नो करियरको योजना बनाउन सक्नेछन् । अस्ट्रेलियामा भएका कलेज तथा युनिभर्सिटीसम्बन्धी जानकारी, त्यहाँका भर्ना प्रक्रिया र पढाइ हुने कोर्सका बारेमा यस कार्यक्रममा विद्यार्थीहरूले बुझ्न सक्नेछन् ।

उक्त कार्यक्रममा विभिन्न कोर्षहरूमा फी, स्कोलर्सिप, ग्रान्टलगायतका विभिन्न अफरको सुविधासमेत रहेको छ । यस कार्यक्रम एक्सेसले काठमाडौंमा रहेका आफ्नो ३ मुख्य कार्यालय पुतलीसडक, शाखा कार्यलय बानेश्वर र ललितपुर शाखा कार्यालय कुमारीपाटीमा गर्दैछ ।

कार्यक्रममा अस्ट्रेलियाबाट हार्बर कलेज, सिड्नी मेट्रो, क्वीन्सफोर्ड कलेज, साउर्थन एकाडेमी, सिड्नी सिटी कलेज, यान्सफोर्ड कलेज, मेडिकस कलेज, प्यासिफिक कलेज, भाइब कलेज, सेन्टरबरी इन्सिच्युट, क्राउन इन्सिच्युट, अष्ट्रेलासियन इन्टरनेसनल एकाडेमी, स्कील्स अष्ट्रेलिया इन्सिच्युट, इन्टरनेसनल इन्सिच्युट अफ एजुसकेसन, आरजी आई टी अस्ट्रेलिया, अस्ट्रलियन टेक्निकल कलेजका प्रतिनिधिको पनि उपस्थिति रहने छ । यी कलेजमा धेरै नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विगत १७ वर्षदेखि अस्ट्रेलिया, युके, अमेरिका, न्युजिल्यान्डलगायतका विभिन्न देशमा विद्यार्थीलाई भर्ना तथा परार्मश दिँदै आएको एक्सेसका नेपालभरमा काठमाडौं, चितवन, पोखरा, बुटवल, विराटनगर र विर्तामोडमा शाखा रहेका छन् । यी सबै शाखाबाट विद्यार्थीलाई सेवा र परार्मशसमेत दिइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्