म्यादी प्रहरीमा युवाको आकर्षण



जाजरकोट ।

आगामी बैशाख ३० गते हुने स्थानिय निर्बाचनको लागी आबेदन खुल्ला गरेको म्यादी प्रहरीको फाराम दुई हजार ५६ जनाले फाराम भरेका छन् । सात सय ८४ जनाको माग भएपनि दोब्वर बढीले दरखास्त लगाएका हुन् ।

चैत्र ६ गते देखि ११ गते सम्म म्यादी प्रहरीको आवेदन लिने समय तोकिएको थियो । म्यादी प्रहरीको लागी आबेदन बुझाउने मिति सकिएको छ । सात सय ८४ आबश्यक परेकोमा दुई हजार ५६ जनाले आबेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेरोजगारी समस्या बढेपछि युवायुवतीहरु म्यादी प्रहरीमा फाराम भरेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार म्यादी प्रहरीको दरखास्त दिएका व्यक्तिलाई चैत्र १३ गते सम्पर्क मिति तोकिएको छ । म्यादी प्रहरी छनौट तथा परिक्षा १५ गते देखि संञ्चालन हुने, अन्तिम नतिजा प्रकाशन चैत्र २२ गते हुने जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरिक्षक खुमान्नद पाण्डेले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकरी पाण्डेका अनुसार दुई हजार ५६ जना मध्य महिला चार सय २४ महिला र सोह्र सय ३२ पुरुषले म्यादी प्रहरीका लागी फाराम भरेको बताउनु भयो । १३ गते देखी हुने छनौट प्रक्रियामा दौड लगाएत शारिरिक फिजिकलबाट आएका उमेदवारलाई परिक्षा लिने उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका डिएस्पी मधु कुमार थापाले परिक्षामा नाम निकाल्न सफल उमेदवार म्यादी प्रहरी हुने बताउनु भयो । उहाँले स्वच्छ मर्यादिन, प्रतिस्पर्धाबाट छनौट गरिने बताउनु भयो ।

१२ कक्षा पढेका अधिकाश युवायुवतीले म्यादी प्रहरीमा फाराम भरेका छन् । सरकारले सरकारले बेरोजगारी समस्या हल नगर्दा कमाउनको लागी म्यादी प्रहरीमा फाराम भरेको युवाहरुले बताउने गरेको छन् । चुनावमा भोट हालेका उमेदवारले प्रभावकारी युवा मैत्री कार्यक्रम ल्याउन नसक्दा हाम्रो भोटको मुल्याकण नहुदाँ म्यादी हुने पैसा कमाउने योजना लिएर फाराम भर्न आएका हौ एक युबाले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्