हरियाणा र आर्मी सेमिफाइनलमा



बाँके ।

आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।
यात्रा तय गरेका छन् ।

नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् । हरियाणा पुल ए विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । सेमिफाइनलमा हरियाणाले न्यू डायमन्ड एकेडेमीसँग खेल्नेछ ।

दोस्रो खेलमा आर्मीले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो । आर्मी पनि पुल बीतर्फ विजेताको हैसियतमा अन्तिम चारमा पुग्यो । आर्मीले पुल ए को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्