रिभाइभका प्रिन्स अन्तिम १६ मा



काठमाडौं ।

रिभाइभका प्रिन्स दाहाल प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । विश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज जित निकाले । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिप अन्तर्गत भएको खेलमा राष्ट्रिय च्याम्पियन दीपेश धामी पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । एपीएफका धामीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका बविश थापामाथि २१–७, २१–८ को सहज जित निकाले । यस्तै जित निकाल्ने क्रममा पुलिसका सुनील जोशीले सेनाका डेभिड थापा मगरलाई २१–१५, २१–८ ले पराजित गरे ।

अन्तिम १६ मा स्थान बनाउने क्रममा सेनाका प्रफुल महर्जनले कपिलवस्तुका अभय महरालाई २१–८, २१–६, सेनाकै पविन लिनथेपले काभ्रेका अंकित भक्त भोछेभ्यलाई २१–९, २१–७, पुलिसका जीवन आचार्यले एपीएफका रोशन साउदलाई २१–१२, २१–१६, बीबीसीका आयुश प्रजापतिले भक्तपुरका लक्ष्मी नारायण सुवाललाई २१–१०, २१–११, एनजेसी डल्लुका स्वर्य मानन्धरले गठ्ठाघर स्पोर्टसका बिवेक भट्टराईलाई २१–९, २१–१८, कालिका बिसीका सुदीप सेढार्इंले धन्वन्तरीका विकास कटुवाललाई २१–१२, २१–८, पुलिसका पूर्ण बहादुर थापाले एपीएफका सुमन लिम्बूलाई २१–१९ को समान अन्तरले, सेनाका नवीन श्रेष्ठले १६ फिदरका क्षितिज खनाललाई २१–१२, २१–१४, पुलिसका हिरा राईले एनजेसी डल्लुका अर्ब तुलाधरलाई २१–७ को समान अन्तरले, सेनाका रुकेश महर्जनले भक्तपुरका रिसोद सुवाललाई २१–९, २१–८, एपीएफका देवराज रानाले सेनाका बिवेक चौधरीलाई १४–२१, २१–११, २१–१६ तथा पुलिसका विष्णु कटुवालले कपिलवस्तुका रोहित बराललाई २१–११ को समान अन्तरले पराजित गरे ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको महिला एकलतर्फ विश्व जुनियरको युगलतर्फ उच्च ७ मा रहेकी रशिलाले एनआरएनकी सानिया चन्दलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भएकी छिन् । सेनाकी रशिलाले चन्दमाथि २१–१६, २१–९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान पक्का गरेकी हुन् । यस्तै, अन्तिम ८ मा स्थान बनाउने क्रममा सेनाकी अमिता गिरीले भक्तपुरकी सुभेक्षा श्रेष्ठलाई पराजित गरिन् । गिरीले सुभेक्षालाई २१–८, २१–४ ले पाखा लगाएकी हुन् ।

यस्तै, जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउने क्रममा सेनाकी प्रार्थना देउवाले एपीएफकी शोभा गौचनलाई २१–७, २१–१०, भोजपुरकी सिता राईले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१७, २१–१५, पुलिसकी नीता लम्सालले काठमाडौ ब्याडमिन्टन एकेडेमीकी अन्जली लिम्बूलाई २१–१०, २१–३, एपीएफकी जेशिका गुरुङ्गले सेनाकी रोज पाण्डेलाई २१–१६, २१–१४, एपीएफकी सुनयना मुखियाले सेनाकी प्रेक्षा राईलाई २०–२२, २१–१०, २१–१४ तथा सेनाकी अनुमाया राईले १६ फिदरकी रिहाना शेरचनलाई २१–५, २१–८ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्