जापान विश्वकपमा छनोट



लन्डन, (एजेन्सी) ।

जापानले अस्ट्रेलियामाथि नाटकीय जित निकाल्दै कतारमा यस वर्ष हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । काओरु मिटोमाले अस्टे«लियाकै घरेलु मैदान सिड्नीमा अन्तिमतिर दुई गोल गरेर जापानलाई २–० को जित दिलाएका हुन् । यो जितसँगै जापान विश्वकपमा एक खेल बाँकी रहँदै पुग्यो ।

एसियाली छनोटको समूह ‘बी’ मा जापान २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै, जापानको जितले साउदी अरेबिया पनि विश्वकपतिर अग्रसर भएको छ । १९ अंक जोेडेको साउदीको अस्ट्रेलियाको भन्दा ४ अंक बढी छ ।

अस्ट्रेलियाको लागि यो हारले प्लेअफ खेल खेल्नुपर्ने भएको छ । अस्ट्रेलियाले अर्को खेल जेडाहमा साउदीविरुद्ध खेल्नेछ । तेस्रो स्थानमै रहने पक्का रहेको अस्ट्रेलियाले समूह ‘ए’ को तेस्रो टिमसँग प्लेअफ खेल्न पाउनेछ । समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा रहेको छ । यूएईको ९ अंक छ भने शीर्षमा रहेको दक्षिण कोरियाको २३ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको इरानको २२ अंक छ ।

जापानको सातौं विश्वकप
जापानले पहिलोपटक १९९८ को फ्रान्समा आयोजित विश्वकपमा भाग लिएको थियो । यसपछि जापानले लगातार विश्वकपमा खेल्दै आएको छ । तर, जापानको विश्वकप यात्रा त्यति राम्रो भइरहेको छैन । जापानले अन्तिम १६ मा तीनपटक स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्