पेज थ्री पिपल्स च्वाइस अवार्डको नामाकंन सार्वजनिक



नेपाल भाषाका गीत संगीत तथा चलचित्रको क्षेत्रमा टेवा पु-याउने उद्देश्यका साथ गरिर्दै आएको पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२को नामाकंन सार्वजनिक कार्यक्रम पाटन म्यूजिम परिसरमा सम्पन्न भयो ।

संगीतमा १९, म्युजिक भिडियोमा १३ तथा चलचित्रमा १४ गरी ४६ विद्यामा नामाकंन सार्वजनिक गरिएको हो । इलोहं प्रकाशनले विगत १२ वर्ष देखि कला क्षेत्रलाई थप ऊर्जा दिन आयोजना गरिँदै आएको अवार्ड कार्यक्रम तीन तीन वर्षमा मात्र आयोजना हुँदै आएको सन्दर्भमा प्रश्न गर्दा पेज थ्रीका सम्पादक दर्शनवीर शाक्यले नेपाल भाषाका चलचित्र नियमित रूपमा नबनेका कारण हरेक वर्ष अवार्ड गर्न कठिनाइ रहेको तर ३ वर्षको अन्तरालमा अवार्ड गर्दा प्रतियोगितात्मक रूपमा अधि बढ सकिने अवस्था रहेको तथा चलचित्रको संख्या पनि बढ्नु का साथै, संगीत एवं म्युजिक भिडियोमा पनि उल्लेख्य रूपमा बढी स्तरीय गीतसंगीत र म्युजिक भिडियो चयन गर्न सकिने र अवार्डको मुख्य उद्देश्य पनि नेपाल भाषाका गीत, संगीत एवं चलचित्रको प्रवद्र्धन रहेकाले पनि तीन तीन वर्षमा अवार्ड गरिँदै आएको बताउनु भयो ।नामाकंन सार्वजनिक कार्यक्रममा पेज थ्री पिपल्स च्वाइस अवार्ड को चौथो संस्करणको लाइफ टाइम एचिभमेण्ट अवार्ड वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई दिइने घोषणा पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्