कान्तिमा छातीको ओपीडी पुनः सञ्चालन



काठमाडौं (नेस) ।

कान्ति बाल अस्पतालले बच्चाहरूका लागि छातीरोगसम्बन्धी उपचार ओपीडी पुनः शुरू गरेको छ । यस विषयमा नेपालमा पढाइ शुरू भइनसकेको अवस्थामा डा. जगत्जीवन घिमिरे भारतबाट अध्ययन पूरा गरी नेपाल फर्किएर लोकसेवाबाट पोखरा दरबन्दी भए पनि कान्ति बाल अस्पतालमा काजमा खटिई उक्त सेवा पुनः चालु गर्नुभएको हो ।

कान्तिमा यसअघि पनि यो सेवा शुरू भई पुनः बन्द भएको अवस्थामा दम क्लिनिक भने सञ्चालन थियो । छातीरोग सम्बन्धी ओपीडी पुनः सञ्चालन हुनुले कान्ति अस्पतालमा थप उत्साह छाएको कान्ति अस्पतालका चिकित्सकहरूको ठम्याई छ ।

यो सेवा हाललाई हप्तामा दुई दिन सोमबार र बिहीबार सञ्चालन गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ । छातीरोगसम्बन्धी सेवा अन्तर्गत बच्चामा हुने दम, निमोनिया, सास फेर्न गाह्रो हुने, निद्राको समस्या, निद्रामा घुर्नेलगायतका छातीरोगसम्बन्धी समस्याको पहिचान र उपचारका लागि सहज हुने कान्ति अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्