उदयपुर ।
उदयपुरको गाईघाटमा त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा आउँदो मंसिर १७ गतेदृखि २७ गतेसम्म १० दिने तेस्रो कोशी प्रदेश स्तरीय महोत्सवको आयोजना गरिने भएको छ ।
बुधबार महोत्सव आयोजक संस्थाका रुपमा रहेको त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भाषा कला र संस्कृतिको उत्थान,बढाऔँ उद्योग व्यापार र कृषि पर्यटन भन्ने मुलनाराका साथमा १० दिनसम्म त्रियुगा नगरपालिका ३ स्थित बसपार्क नजिकको त्रियुगा नदीको किनारमा हुन लागेको हो । यस महोत्सवमा उदयपुर जिल्ला था कोशी प्रदेशका सबै जिल्लाका उद्यमी व्यवसायीहरुको सहभागिता हुने छन । यस महोत्सवले आर्थिक सामाजिक, सांस्कृतिक, कृषि पर्यटन प्रवद्र्धन,शैीषक , स्वास्थ्य, वन तथा औद्योगिक विकासमा योगदान हुने बताइएको छ ।
यस महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघ टेकु काठमाण्डौ, कोशी प्रदेश उद्योग वाणिज्य महासंघ प्रवद्र्धकका रुपमा रहेका छन् भने त्रियुगा नगरपालिका गाईघाट उदयुर, ,जिल्ला समन्वय समिति उदयपुर, उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश,पर्यटन वन तथा वाताव।ण मन्त्रालय कोशी प्रदेशको सहकार्य रहने विज्ञप्तीमा उल्लेख छ ।
यस महोत्सवको मुख्य प्रायोजकका रुपमा एग्रो थाईफुड प्रा लि, सह प्रायोजकमा एशियन थाईपफुड्स प्रालि र गारखा ब्रुअरी प्रालि रहेको छ । बैकिंग पार्टनरका रुपमा सिटिजन्स बैंक लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
करिब १ लाख ५० जनाले महोत्सव अवलोकन गर्ने, १ सय ५० वटा व्यवसायिक स्टलहरु रहने, विभिन्न प्रकारका खेल तमासा, सर्कस, बालबालिकाकालागि खेल तथा ख्यातीप्राप्त राष्टिय कलाकारहरुको सहभागितामा प्रत्येक साँझ सास्क्ृतिक कार्यक्रम हुने सो पत्रकार सम्मेलनमा आयोजक संस्था त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार बस्नेतले बताए ।
उक्त पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा २०५८ सालमा विधिवत रुपमा स्थापना भएको त्रियुगा उद्योग वाणिज्य संघले २०६५ सालदेखि २०७३ सालसम्म पूर्वाञ्चल क्षेत्रीय महोत्सवको आयोजना गरेको र २०७४ साल फाल्गुणमा पहिलो प्रदेश महोत्सव, २०८१ फागुनमा दोस्रो प्रदेश महोत्सवको आयोजना गरिसकेको र २०८३ मंसिरमा तेस्रो प्रदेश महोत्सव गर्न लागेको जानकारी दिइएको छ ।
महोसवमा राखिने स्टलहरुमा मौलिक कला,संस्कृति परम्पराका श्रोत साधनको प्रदर्शन, स्थानीय उत्पादनको प्रदर्शन व्यवसाय प्रवद्र्धन गर्ने, आर्थिक रुपले सबै व्यवसायिहरुलाई सवलीकरण गर्नै उद्देश्यले महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उक्त महोत्सवमा समृद्ध त्रियुगा, सेवामुखी समाज भन्ने मुलनाराका साथमा त्रियुगा उद्योग वाणिज्य संघको सामाजिक अभियानको रुपमा महोत्सव अवधिभरमा विभिन्न सामाजिक कार्यहरु गरिने सो विज्ञप्तीमा उल्लेख छ ।











प्रतिक्रिया