कलाकार दीपकराज गिरीले गरे पार्टीमा जाने निर्णय !



काठमाडौं । 

पछिल्लो समय कलाकारहरू विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् । मङ्गलवार मात्रै अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । ती विषयलाई कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले भने व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । उनले कलाकारहरू पार्टी प्रवेश गरिरहेकोले आफू भने उनिहरुले दिने पार्टी खान जाने व्यङ्गे गरेका हुन् ।

गिरीले आफ्नो फेसबुकमा व्यङ्गे गर्दै लेखेका छन्, ‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू बिस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरे ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि?’

प्रतिक्रिया दिनुहोस्