काठमाडौं ।
भारतको आन्ध्र प्रदेश तथा विशाखापट्नम आसपास आउने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।
प्राधिकरणले २८ अक्टोबरमा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक तथा वायुसेवा कम्पनीलाई आवश्यक तयारी गर्न आग्रह गरेको हो।मौसम प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न प्रदेशमा भारी वर्षा, हावाहुरी, चट्याङ र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
प्रतिकूल मौसमले उडान तथा अवतरण, भिजिबिलिटी र धावनमार्गको सञ्चालनमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले भनेको छ।प्राधिकरणले उडानअघि मौसमको मूल्यांकन गर्न, आवश्यक परे उडान मार्ग परिवर्तन तथा वैकल्पिक विमानस्थलको व्यवस्था गर्न र धावनमार्ग, सञ्चार प्रणाली तथा अन्य अत्यावश्यक उपकरणको नियमित निरीक्षण गर्न निर्देशन दिएको छ।











प्रतिक्रिया