बागमती प्रदेश खेलकुदमा सन्तोषीलाई स्वर्ण



sf7df8f}F, !& dªl;/ M t]x|f} ?????? ??????? ?????? -???_ ?? !),))) ld6/df bf}8df :j0f{k6s ljhokl5 ;Gtf]ifL >]i7 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं ।

धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो भए । उनले १७ मिनेट १९.१ सेकेन्डमा दौड सकाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको ८ सय मिटर दौडको पुरुषमा चितवनका अमृत बोट तथा महिलामा दोलखाकी अञ्जु खड्का पहिलो भए । ४ गुणा १ सय मिटर रिलेको पुरुषमा चितवन तथा महिलामा भक्तपुरले स्वर्ण जिते । लङजम्पको पुरुषमा चितवनका सुजितकुमार महतो तथा महिलामा ललितपुरकी लुजला अमात्यले शीर्ष स्थान हात पारे । ज्याभ्लिन थ्रोको पुरुषमा सिन्धुपाल्चोकका मिङमार शेर्पा तथा महिलामा रामेछापकी कृतना खड्का पहिलो भए ।

पुरुष टी– २० क्रिकेटमा मकवानपुरले धादिङलाई ३२ रनले पराजित गर्दै उपाधि जित्यो । तेक्वान्दोको अन्तिम दिन पुरुष ८० केजीमुनि भक्तपुरका किरण सितिकु तथा महिला ५७ केजीमुनि सिन्धुपाल्चोककी सुस्मिता मोक्तान र ६२ केजीमुनि काठमाडौंकी मनीषा तामाङले स्वर्ण जिते ।

प्रतिक्रिया दिनुहोस्