एन्फा विशेष साधारणसभा १५ चैतमा



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका छन् । यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ ।

४ चैतमा पठाइएको पत्रमा १ निर्वाचन समिति गठन सम्बन्धमा, २ निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र ३ उम्मेद्वारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियो । महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेको पत्रमा ३ नम्बर बुँदामा ‘संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आ।व २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा’ भन्ने एजेन्डा थपिएको छ ।

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुईपटक स्थगित भएको थियो । एन्फाले ८ फागुनका लागि विशेष साधारणसभा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्