मनकामना च्याम्पियन



काठमाडौं ।

मनकामना डोजो पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनकामनाले १० स्वर्ण जित्यो । नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोश्रो भयो ।

तेश्रो स्थानको प्रदेश १ डोजोले ३ स्वर्ण हात पार्यो । कौसल्टारको ह्वाइट प्यालेस बैंक्युटमा भएको प्रतियोगिताको पुरूषमा प्रदेश १ डोजोका दिपेन कार्की तथा महिलामा मेन डोजोकी विना वाइबा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा मनकामनाका रिजन थापा मगर तथा महिलामा काभ्रे डोजोकीकी झरना केसी उदीयमान खेलाडी चुनिए ।

आयोजकको आन्तरिकतर्फ पुरुषमा दीपेन्द्र श्रेष्ठ र महिलामा सिमरन बुढाथोकी उत्कृष्ट खेलाडी ठहरिए । काभ्रे अनुशासित टिम बन्यो ।

प्रतिक्रिया दिनुहोस्