देउराली टिम चौतारा प्रस्थान



काठमाडौं ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको प्रथम बाग्मती प्रदेश खेलकुदअन्तर्गत कराते प्रतियोगितामा सहभागी हुन नयाँ बानेश्वरको देउराली डोजाको खेलाडीसहित टोली आइतबार सिन्धुपाल्चोकको चौतारा प्रस्थान गरेको छ ।

करातेमा सहभागी हुने काठमाडौंको टोलीमा चार खेलाडी देउरालीका छन् । पुरूष ५० केजीमुनि करण थारू र ६० केजीमुनि रिकेश भण्डारी तथा महिला ६८ केजीमुनि आशिका राई र ६८ केजीमाथि महिमा राईले प्रतिस्पर्धा गर्नेछन् । व्यवस्थापकमा अमिर राना छन् ।

रानाले खेलाडीलाई प्रायोजन गरेको डब्लुकेएफको स्वीकृति प्राप्त एसएमएआईको करिब ४० हजार रूपैयाँको खेल सामग्री टोलीलाई वितरण गरेका थिए । कराते चैत ७ देखि ९ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्