भैरहवाका भूपेन्द्र नेपाल आइडल



गायन टेलिभिजन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले चुमेका छन्। हालै सम्पन्न अन्तिम प्रतिस्पर्धामा दर्शकको भोटको आधारमा चार सह–प्रतिस्पर्धीलाई पछाडि पार्दै मगरले उपाधि चुमेका हुन्।

उपाधि चुमेवापत भूपेन्द्रले ३० लाख रुपियाँ नगद प्राप्त गरेका छन्। शोमा झापाका नामगेल तामाङ फस्ट र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनर्सअप भएका छन्। उनीहरूले क्रमशः पाँच र तीन लाख रुपियाँ प्राप्त गरेका छन्। त्यसैगरी, झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि अन्तिम प्रतिस्पर्धामा पुगेका थिए। उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरेका छन्।

एपी वन टेलिभिजनबाट प्रसारण हुँदै आएको प्रतियोगितामा संगीतकार शम्भुजत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान निर्णायक थिए।

प्रतिक्रिया दिनुहोस्