होली पर्वमा स्लो बाइक रेस


दोलखा ।

फागु पर्वको अवसरमा सरल नेपाल दोलखाले चरिकोटमा आयोजित ३० मिटर स्लो बाइक रेसमा उज्जवल श्रेष्ठ विजेता बनेका छन् । प्रतियोगितामा सुरेश घतानी दोस्रो, कृष्ण बस्नेत तेस्रो र जेम्स शेर्पा चौथो बनेका छन् । पाँच चरणसम्म चलेको प्रतियोगितामा जिल्लाका ५६ जना बाइक चालकको सहभागिता रहे ।

प्रतियोगीतामा जसले ढिलो बाइक चलाएर ३० मिटरको निर्धारित लाइन क्रस गर्छ उही विजेता हुने नियम रहेको थियो । प्रतियोगीताका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार तथा चौथोले ३ हजार नगद प्राप्त गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।