सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ



सिरहा ।

धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिनसमेत बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्