पारा तेक्वान्दो टोली फर्कियो



काठमाडौं, (नेस) ।

डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भई १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् ।

सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ एसियाली पारा गेम्समा पनि सिर्जनले रजत नै जितेकी थिइन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

प्रतिक्रिया दिनुहोस्