पिकअपको ठक्करबाट २ जनाको मृत्यु, २ जना घाइते



सञ्जय कार्की, रौतहट ।

वीरेन्द्र राजमार्गको हरषाहामा बुधबार राीत पीकअप बोलेरोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्र पिकअपले चन्द्रपुर गौर सडक खण्डको हरषाहा ठक्कर दिँदा वृन्दावन नगरपालिका हरषामा ठक्करबाट सोही स्थान निवासी ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको छ ।

सोही गाडीको ठक्करबाट प्रहरी चौकी हरषामा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका छन् ।

चालकले मदिरा पिएर चलाएको अवस्थामा उक्त गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीको सिटमा बियरको बोतल समेत रहेको पाइएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले ठक्कर दिने पीकअप गाडी नियन्त्रणमा लिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्