राष्ट्रिय शहरी नीति र शहरी विकास ऐनसम्बन्धी एक दिने कार्यशाला सम्पन्न



न्युज अफ नेपाल, धनगढी । 

शहरी विकास मन्त्रालयको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मन्त्रालयले राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर सञ्चालन सम्बन्धी ऐन तर्जुमा गर्न उक्त कार्यशाला सञ्चालन गरेको हो ।

कार्यशालामा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी,  प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति, प्रदेश सभा सदस्यहरु, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता थियो ।

मन्त्रालयले सात वटै प्रदेशमा कार्यशालाको आयोजना गरेर प्राप्त सुझाव समेटेर राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर सञ्चालन सम्बन्धी ऐन तर्जुमा गर्ने जनाएको छ । तीनै तहका सरकार र अन्तर्गतका निकायहरूबाट शहरी पूर्वाधार विकासका क्षेत्रमा विभिन्न कार्य हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्