प्रमुख प्रशासकीय अधिकृतप्रति नगरवासीको यस्तो माया



न्युज अफ नेपाल, महोत्तरी ।

शुक्रबार बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीलाई बिदाइ कार्यक्रममा सहभागी बन्न भ्याइ-नभ्याइ भयो । बर्दिबास नगरपालिकाको झण्डै ४ वर्षको बसाइपछि काठमाडौं सरुवा भएका पराजुलीले गम्छा, माला र मायाको चिनोले नै उनको आधा कार भरियो ।

ठूला(ठूला फ्रेम, गर्‍हौ न गर्‍हौ मायाको चिनो दिने कतिपय वर्दिबासका विभिन्न संघ(संस्थाहरुको धोको अधुरो नै रह्यो । निर्धारित समयमा काठमाडौंस्थित चिकित्सा शिक्षा आयोगको कार्यालय समाल्न पुग्नै पर्ने वाध्यताले पराजुली कतिपय कार्यक्रममा सहभागी बन्न नै पाएनन् ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानले आयोजना गरेको बिदाइ कार्यक्रममा सहभागी बनेका पराजुली निक्कै भावुक भए ।  बिदाइ कार्यक्रमहरु आयोजना गर्नु मेरो लागी निक्कै महत्वपूर्ण रह्यो यहाँहरुले मप्रती देखाएको माया र सहानुभुती मनभरी लिएर जानेछुझ उन्ले भने ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान बर्दिबासका उपाध्यक्ष शंकर फुयालले पराजुलीको बिदाइमा दुस्ख ब्यक्त गर्दै उनले देखाएको मार्गदर्शन अविस्मरणीय भएको वताए । यता पराजुलीले पनि बर्दिबास नगरपालिकाको बसाइ निक्कै प्रिय रहेको बताउँदै आफ्ना तर्फबाट गर्न सक्ने सहयोग रहिरहनेमा प्रतिबद्धता जनाए ।

शुक्रवारमात्र प्रमुख प्रशासकिय अधिकृत पराजुलीको बिदाइमा आधा दर्जन संघ-संस्थाहरुले विदाइ कार्यक्रमको आयोजना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्