ओमकारले जिते दुई स्वर्ण



काठमाडौं ।

बागमती प्रदेशका ओमकार सिंहले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष व्यक्तिगततर्फ दुई स्वर्ण हात पारेका छन् । ओमकारले सावर र ईपीतर्फ स्वर्ण जितेका हुन् ।

सावरमा उनले बागमतीकै पायश योञ्जनलाई निकै नै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गरे । तेश्रो स्थानमा एपीएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे । ईपीतर्फ ओमकारले सेनाका जंग गिरीलाई १०–९ अंकले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्