कीर्तिपुरमा खेलाडी सम्मानित



काठमाडौं ।

नेपालमा भएको १३ औं साग खेलकूदमा बक्सिङतर्फ विभिन्न पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । मार्शल आर्ट अर्गनाईजेन नेपालको आयोजनामा शनिवार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको विथ लोकल्स नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडी तथा कोचहरूमा बक्सिङ खेलमा लामो समयसम्म कोच भई योगदान पुर्याएका कीर्तिपुर ७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार रू. ५० हजार र सम्मान–पत्र, साफमा स्वर्ण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५ हजारसहित सम्मान–पत्र दिइयो ।

रजत पदक पदक बिजेता खेलाडीहरू ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक बिजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्