शिक्षा र सिताले जिते स्वर्ण



काठमाडौं ।

बागमती प्रदेशकी शिक्षा नापितले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा स्वर्ण हात पारेकी छन् । शिक्षाले महिला ब्यक्तिगत सावरतर्फको फाईनलमा एपिएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गर्दै स्वर्ण जितिन् । एपिएफकी शुक घिसिङ्ग र सेनाकी मनिषा श्रेष्ठले कास्य पदक हासिल गरेका थिए ।

यस्तै महिला ईपी तर्फको फाइनल खेलमा सेनाकी सिता पाठकले एपिएफकी जानुका स्याङ्गतानलाई हराएर स्वर्ण जितिन् । उनले सो खेल १५–१२ अकंका साथ जितेकी थिइन् । एपिएफकी अनिता कार्की रसेनाकी ईन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे ।

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि ६ टोलीका १ सय १४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन बिधामा ब्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं बीर गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष नेपाली काँग्रेसका नेता प्रकास मान सिंहले पादनसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै सिंहले बीर गणेशमान सिंहको साहस, त्याग, तपश्या र अनुशासनलाई जनमानसमा ताजा गराई रहन साहस र अनुशासनको पर्याय खेलकुद पनि एक माध्यम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्