इन्टरको सहज जित



रोम, (एजेन्सी) ।

इटालियन सिरी ए लिग फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले शानदार ह्याट्रिक गोल गरेपछि इटालियन सिरी ए लिग फुटबलमा इन्टर मिलानले फराकिलो गोलअन्तरको जित निकालेको हो । शुक्रबार राति भएको सिजनको २७औं साताको खेलमा इन्टरले आफ्नो घरेलु मैदानमा सालेरनिटानामाथि ५–० को एकपक्षीय जित निकालेको हो । मिलानको जितमा मार्टिनेज र इडेन जेको नायक बने ।

खेलमा मार्टिनेजले तीन गोल गर्दा जेकोले पनि दुई गोलको योगदान गरे । जेकोले एक गोलमा असिस्ट गर्दा निको बारेल्लाले दुई गोलमा असिस्ट गरेका थिए । इन्टरका लागि खेलको २२औं मिनेटमा पहिलो गोल मार्टिनेजले गरे । त्यसपछि ४०औं मिनेटमा ४४औं मिनेटमा दोस्रो गोल गरे भने उनले ५६औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसपछि इडेन जेकोले ६४औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे भने त्यसको पांच मिनेटपछि नै दोस्रो गोल गरेपछि खेल इन्टरले ५–० ले जित्न सफल भयो । अब यो जितपछि इन्टरले समान २७ खेलपछि कूल ५८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्