भेरीमा नगरस्तरीय बाल सञ्जाल गठन



जाजरकोट ।

भेरी नगरपालिकाले नगरस्तरीय बाल सञ्जाल गठन गरेको छ । सन् २०२५ सम्म बालमैत्री नगर निर्माण गर्ने उद्देश्यले पालिकाले वडास्तरीय बाल सञ्जाल गठन गरेको हो ।

भेरीका १३ वटै वडामा वडास्तरीय बाल सञ्जाल गठन गरेको छ । बालमैत्री नगरपालिका निर्माण गर्ने लक्ष्यका साथ सञ्चालन भएको अभियानमा ४० जना बालबालिकाको सहभागितामा भेला सम्पन्न गरेको भेरी नगरपालिकाले जनाएको छ ।

बाल भेलाले त्रिभुवन आधारभूत विद्यालयका छात्रा कविता वलीको अध्यक्षतामा १९ सदस्य नगरस्तरीय बाल सञ्जाल गठन गरिएको छ । उपाध्यक्षमा शिव माध्यमिक विद्यालय कालेगाउँका शर्मिला सुनार, शिव शंकर माध्यमिक विद्यालय जगतिपुरका विवेक आचार्य, सचिवमा निमराज विश्वकर्मा, सहसचिवमा विनोद विश्वकर्मा र विजय माध्यमिक विद्यालय काफचौका समीरा गौतमलाई चयन गरेको हो ।

त्यस्तै, सदस्यमा लोकेन्द्र केसी, निशान्त खनाल, बुद्धी अनिशा चन्द, गेस्मति राना, सुनील रावत, निरज चन्द, नवीना न्यौपाने, प्रेमिका कार्की, पुष्पकमल शाही, अस्तर शाही, विक्रम शाही, पुष्पा शाही रहेका छन् । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बालबालिकालाई प्राथमिकता दिएर सञ्चालन गरेको बालमैत्री स्थानीय शासन कार्यक्रमले बालबालिकाको क्षमता विकासमा प्रभाव पार्ने बताउनुभएको छ ।

भेरी नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रमको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह, सहदेव बस्नेतले सहजीकरण गर्नुभएको थियो । कारितास नेपालको सहयोग, युवा जागरण विकास केन्द्र नेपाल जाजरकोटद्वारा सञ्चालित नेपाल जीविकोपार्जन तथा उत्थानशील परियोजनाको बालबालिका सशक्तीकरण कार्यक्रम र पहाडी क्षेत्र विकास अभियान पहुँच परियोजनाको समन्वयमा गरिएको अभियान्ता राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत १३ वटै वडा र नगरस्तरीय सञ्जाल गठनले महत्वपूर्ण कार्य भएको भेरी नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख विपना पौडेलले बताउनुभयो । उहाँले वडा र नगरस्तरीय सञ्जालहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने शाखा प्रमुख पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्