निःशुल्क शिविरबाट ४ सय ६४ ले लिए सेवा



डोटी, (नेस) ।

डोटीको सायल गाउँपालिकामा–१ छपालीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४ सय ६४ जनाले सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दिपायलको आयोजनामा उक्त शिविर भएको हो ।

जसमा १ सय ६४ पुरुष, दुई सय ९१ महिला, ४८ जना बालबालिका र ९४ जना जेष्ठ नागरिकले सेवा लिएका जिल्ला आयुर्वेद दिपायलका निमित्त प्रमुख विद्या घिमिरे देउवाले जनाउनुभयो । जिल्लाकै दर्गम क्षेत्र मानिने छपालीमा पीछडिएका नागरिकका लागि यो शिविर निकै उपलब्धिपूर्ण भएको सायल गाउँपालिका–१ का वडाध्यक्ष हीरा थापाले बताउनुभयो । ‘छपाली जिल्लाकै दुर्गम क्षेत्र हो, यहाँ रहेको स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि नहुँदा नागरिकलाई समस्या थियो’, उहाँ भन्नुहुन्छ– ‘निःशूल्क स्वास्थ्य शिविर सञ्चालनले नागरिकलाई राहत मिलेको छ ।’

उक्त शिविरमा अल्सर, सुगर, हाडजोर्नी तथा नसा, छाला रोग, पाइल्स, स्त्रीरोग, बाथ, खाना नपच्ने, खोकी लाग्ने र श्वास–प्रश्वाससम्बन्धी रोगको उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्