मनैमा शितलोमा कक्रोचको भिन्न रूप (भिडियोसहित)

0
Shares

लोकप्रिय हास्य टेलिसिरियल भद्रगोलदेखि सक्किगोनिसम्मबाट कक्रोचका रूपमा लोकप्रियता कमाएका हरिश निरौला हास्यबाहेक अन्य भूमिकामा पनि उत्तिकै दमदार अभिनय गर्न सकेका छन्। जसका कारण उनी पछिल्लो समयमा म्युजिक भिडियोमा समेत छाइरहेका छन्।

उनै हरिशद्वारा अभिनीत मनैमा शितलो बोलको गीतको भिडियोले पछिल्लो समयमा लोकप्रियता कमाइरहेको छ। छोटो समयमै ट्रेन्डिङमा पुग्न सफल भिडियो ४३ लाख बढीले हेरिसकेका छन् भने गीतमाथि एक सातामै ६ लाख बढी टिकटक बनिसकेको छ।

ग्रामीण क्षेत्रका युवायुवतीबीचको माया प्रेमको कथा बुनिएको भिडियोमा हरिशका साथमा पेरिसा कँडेलले अनस्क्रिन रोमान्स गरेका छन्। भिडियोमा हरिश र पेरिसा गाउँमा घाँस दाउरा गर्ने युवा युवतीको भिन्न भूमिकामा छन्।

 

सधैंजसो लामो लट्टे कपालमा देखिने हरिश यसको भिडियोमा सामान्य केशमा देखिएका छन्। भिडियो भकारीको प्रस्तुतिमा तयार पारिएको लोक आधुनिक शैलीको गीतमा प्रशान्त पौडेलको शब्द रचना र संगीत रहेको छ भने प्रवीण भट्ट र पूजा देवकोटाले गाएका छन्।

सागरबाबु भट्टको कथा र निर्देशनमा बनेको भिडियोमा अजय रेग्मीको छायांकन तथा प्रवीण भट्टको सम्पादन रहेको छ।