चौलागाईं र श्रेष्ठको ‘मनमाया’ सार्वजनिक (भिडियोसहित)


गायक कृष्ण श्रेष्ठ र गायिका सज्जा चौलागाईंको गायनमा रहेको ‘मनमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा बीबी थापाको शब्द रहेको छ भने किशोर खतिवडाको संगीत रहेको छ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सिवन श्रेष्ठ, अस्मिता बिक, रोहित र सुहानाको अभिनय रहेको छ। अरुणले छायाँकन गरेको भिडियोलाई सिल्भर शाइन इन्टरटेन्मेण्ट सम्पादन गरेको हो।

विजय अमात्यको निर्देशनमा भिडियो तयार पारिएको हो। हाइलाइटस नेपालको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। सानै देखि सांगीतिक माहोलमा हुर्किएका गायक श्रेष्ठका बुवासमेत बिभिन्न विधाका गुरु हुन्।

गायक श्रेष्ठले बुवा संगै हार्मोनियम बजाउने सिकेका थिए । औपचारिक रुपमा हाल त्रिभुवन विश्वविद्यालयबाट गायनमा मास्टर्स गरिरहेका श्रेष्ठले यसअघि भजनको एल्वम सार्वजनिक गरिसकेका छन् । भजन, आधुनिक, लोक र गजल गरेर ३० भन्दा बढी गीतहरुमा गायक श्रेष्ठले आफ्नो स्वर दिइसकेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।