एमसीसी टेबुल गरेको भन्दै कर्णालीका सबै जिल्ला प्रशासन कार्यालय घेराउ


फाइल तस्बिर

न्युज अफ नेपाल, सुर्खेत ।

एमसीसी सम्झौता संसदमा पेश गरेको भन्दै कर्णालीका १० वटै जिल्ला कार्यालयमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले घेराउ गरेका छन् । विप्लव नेतृत्व नेकपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान, मोहन वैद्य नेतृत्व नेकपा ९क्रान्तिकारी०लगायतका १० वटा राजनीतिक दलले कर्णालीका १० वटै जिल्ला कार्यालय घेराउ घेरेका हुन् ।

सम्झौता संसदमा टेबुल गरिएकाले यसको विरुद्ध आवाज उठाउन कार्यालय घेराउ गरेको राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले बताए । ‘जनता विरोधी गतिविधि भएका कारणले जिल्ला प्रशासन कार्यालय घेराउन गरिएको हो,’ उनले भने, ‘यो सम्झौता नेपालीको हित विपरित भएका कारणले जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो ।’

एमसीसी सम्झौताविरुद्धमा सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दल निकट विद्यार्थी, युवा अन्य भातृ संगठनहरूले विभिन्न जिल्लामा विरोध जुलुश निकालेका छन् ।

सम्झौता देशको हित विपरित भएका कारणले सबै जिल्लामा विरोध प्रर्दशन गरिएको माओवादी निकट अनेरास्ववियु ९क्रान्तिकारी०का कर्णाली प्रदेश अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए । ‘एमसीसी सम्झौता खारेज नभएसम्मका लागि सबै जिल्लामा आन्दोलनका कार्यक्रम राखिएको छ ।’ उनले भने, ‘पार्टी सरकारमा भए पनि हामी आन्दोलन जारी राख्छौं ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।