इँटाभटामा काम गर्ने ८ वर्षीया बालिकाको मृत्यु


न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरको सुडालमा भएको दुर्घटनामा परी एक ८ वर्षीया बालिकाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा इँटाभटामा काम गर्ने विनिता मगरको मृत्यु भएको हो ।

सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा४ख ७३५२ नम्बरको टिपरले पैदलयात्री काभ्रे महाभारत गाउँपालिका-२ घर भई हाल सुडालस्थित द्यः इँटाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरी ८ वर्षकी मगरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।

उपचारका लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर प्राथमिक उपचारपछि थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षका राजेश कुस्मा र दुर्घटनामा संलग्न सवारीसाधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।