थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा ४३७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएकोमा ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर २ हजार ४५४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।