यस्तो छ आजको मौसम



न्युज अफ नेपाल, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा मौसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्