कन्सर्टमा गोली चल्दा र्‍यापर घाइते


चर्चित अमेरिकी गायक जस्टिन बिबरको हालै अमेरिकामा भएको कन्सर्टमा गोली चलेको छ। पिचफोर्कका अनुसार लस एन्जलसस्थित नाइस गाए नामक रेन्टुरेन्टमा राति अबेरसम्म चलेको कन्सर्टमा अचानक गोली चल्दा अर्का र्यापर कोडक ब्ल्याकको खुट्टामा गोली लागेको छ भने अन्य चार व्यक्ति घाइते भएका छन्।

घटनापछि सार्वजनिक भिडियोमा कोडक मानिसहरूसँग सेल्फी खिचाइरहेको देखिन्छन् भने गोली चलेपछि भाग्दै गरेका उनको खुट्टामा चोट लागेको देखिन्छ। घटनाको खबर पाएसँगै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरेर अस्पताल पुर्याएको थियो। घटनाबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।