शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए



काठमाडौं ।

शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किष्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

जोशीलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।

तस्बिर : गिरिश गिरीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्