दिलको तिम्रै लागि (भिडियोसहित)



गायक दिल विश्वकर्माले नयाँ गीत तिम्रै लागि सार्वजनिक गरेका छन्। विश्वकर्माले प्रणय दिवसको अवसर पारेर यो गीत भिडियोसहित सार्वजनिक गरेका हुन्। गीतमा गायक विश्वकर्माको स्वर, शब्द र संगीत समावेश छ। सुदीप सागरको संगीत संयोजन रहेको गीतको भिडियोमा प्रेमिल जोडीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

भिडियोमा गायक विश्वकर्मा र बिना राउतलाई प्रस्तुत गरिएको छ। सुबोल थापाको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र दीपेन बस्नेतको सम्पादन रहेको छ। भिडियो गायक विश्वकर्माको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्