सरकारको प्राथमिकतामा फाप्ला क्रिकेट मैदान



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फाप्लालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै ‘ड्रिम फाप्ला’ अभियानका अभियन्ता सुवाष शाहीले यसबाट आफूहरू हर्षित भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्