भारतीय युवा क्रिकेटरमाथि धनको वर्षा



नयाँ दिल्ली, (एजेन्सी) । 

वेस्ट इन्डिजमा शनिबार सम्पन्न आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय क्रिकेट टिमले जितेको छ । भारतले इंग्ल्यान्डको टिमलाई फाइनलमा हराएर उपाधि जितेको हो । योसँगै विजेता टिमका खेलाडीमाथि धनको वर्षा पनि हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पुरस्कार रकम घोषणा गरेको हो ।

बीसीसीआईले सबै खेलाडीलाई जनही ४०-४० लाख भारतीय रुपियाँ (६४ लाख नेपाली रुपियाँ) दिने घोषणा गरेको थियो । त्यस्तै, पदाधिकारीलाई पनि २५-२५ लाख भारतीय रुपियाँ दिइने बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले सामाजिक सञ्जालमार्फत् जनाएका थिए ।भारतको यो यू–१९ विश्वकपमा पाँचौं उपाधि हो । भारतले पहिलो पटक सन् २००० मा मोहम्मद कैफको कप्तानीमा उपाधि जितेको थियो । यसपछि सन् २००८ मा विराट कोहलीको कप्तानीमा दोस्रोपटक उपाधि जित्दा सन् २०१२ म उन्मुक्त चन्दले र सन् २०१८ मा पृथ्वी शाले भारतलाई उपाधि दिलाएका थिए ।

२०२२ को उपाधि दिलाउँदा यश धुल भारतीय टिमका कप्तान हुन् । उक्त प्रतियोगितामा इंग्ल्यान्ड सन् १९९८ पछि फाइनलमा पुगेको थियो । तर, फाइनलमा कम स्कोरको लक्ष्य तेस्र्याउन पुग्दा इंग्लिस युवा टिमको दोस्रोपटक उपाधि जित्ने धोको पूरा हुन सकेन । भारतले इंग्लिस टिमलाई ४ विकेटले हराएको थियो । यस्तै, प्रतियोगितामा अस्टे«लियाको टिमले अफगानिस्तानको टिमलाई २ विकेटले हराएर तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्