काठमाडौं, (नेस) ।
नेपाल खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. शिलु बज्राचार्य मानन्धरलाई नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मानन्धरलाई उपकुलपतिमा नियुक्ति गरेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।
खुला विश्वविद्यालयको उपकुलपति पद रिक्त भएको करिब ८ महिनामा मानन्धरलाई नियुक्ति गरिएको हो । सरकारले उपकुलपति नियुक्तिका लागि मन्त्रीको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिले डा. बज्राचार्य, प्राडा मनप्रसाद वाग्ले र प्राडा इन्द्र कार्कीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मानन्धरलाई नियुक्त गरिएको हो । डा. वज्राचार्य सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्वडीन हुनुहुन्छ ।











प्रतिक्रिया