रानीको भिडियो सुटुक्कै (भिडियोसहित)

0
Shares

गायिका रानी शाक्यले रमाइलो गीत सुटुक्कै रिलिज गरेकी छन्। सुनीता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीत गायिका शाक्यको युट्युब च्यानलका साथै विभिन्न डिजिटल प्लेटफर्ममार्फत एकसाथ रिलिज गरिएको हो।

सरोज राना प्रजा र बिना राउतको अभिनय रहेको गीतको भिडियोमा मनकृष्ण महर्जनको छायांकन र बाङ्डे प्रसादको सम्पादन रहेको छ। भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन्।