दोहोरीमा एउटा फोटो खिचेर लान्छु है (भिडियोसहित)


लोकप्रिय गायक रामजी खाँड र गायिका लक्ष्मी खड्काको स्वरमा एउटा फोटो खिचेर लान्छु है बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ। गीत भिडियोसहित डिलाइटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतकार डीपी दाहाल ‘परिश्रमी’ को परिकल्पना र संयोजन तथा रीता सिम्खडा दाहालको प्रस्तुति रहेको गीतमा जीवन प्याकुरेलको संगीत र रचना रहेको छ।

गुरुआमा फिल्म्स् प्रालिको उत्पादन सहयोग रहेको गीतको भिडियो स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छिन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाको रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।